नेपाल आउने चीनियाँ घटे, व्यवसायी भन्छन्, ‘मिडियाको प्रतिस्पर्धाले व्यवसाय विग्रियो’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 27, 2020 | 01:42:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राणघातक कोरोना भाइरसको प्रकोप फैलिन थालेपछि नेपाल आउने चीनियाँ पर्यटक घटेका छन् । कोरोना भाइरसको प्रकोप विभिन्न देशमा फैलिएपछि चीन सरकारले आफ्ना नागरिकको विदेश भ्रमणमा कडाईँ गरेका कारण नेपाल आउने उडान नै प्रभावित हुँदा पर्यटक घटेका हुन् । 

चीनमा नयाँ वर्ष नजिकिएसँगै विदेश भ्रमण गर्ने नागरिक बढ्ने भएपनि यसवर्ष भने कोरोना भाइरसका कारण उनीहरु अन्य देशमा घुम्न कम मात्रामा निस्किएका छन् । चीनले विदेश भ्रमणको इच्छा देखाएका आफ्ना नगरिकलाई भ्रमणको स्वीकृति दिन कम गरेका कारण त्यसको असर नेपालमा पनि देखिएको पर्यटन व्यवसायीहरु बताउँछन् । 

‘प्राक्टिकल्ली घटेको छैन, तर जति मात्रामा आउनुपर्ने हो त्यति चाँही छैन’ होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले भने, ‘चीनबाट आउने उडान नै क्यान्सिल भएको छ, यो अन्य समयमा पनि हुने समस्या हो, कोरोना भाइरसकै कारण घटेको भन्ने चाँही हल्ला मात्रै हो ।’ 

उनले समाचार प्रकाशन तथा प्रशारणमा समेत सकारात्मक सन्देश दिन आग्रह गरेका छन् । काठमाडौँमा एयरपोर्ट होटलको सञ्चालक समेत रहेका शाहले समाचार सम्प्रेषणमा सञ्चारमाध्यमबीच प्रतिस्पर्धा हुँदा त्यसको असर होटललगायत पर्यटन उद्योगले ब्यहोर्नु परेको गुनासो गरे । 

‘एउटा मिडियाले एउटा समाचार लेख्छ, अर्कोले त्योभन्दा राम्रो लेख्छु भनेर धेरै जानकारी समेट्न खोज्छ’ उनले भने, ‘समाचार हेरेरै होटेलको बुकिङ र फ्लाइटको टिकट क्यान्सिल गर्नेहरु पनि हुन्छन् ।’ शाहले फेरि थपे, ‘सञ्चारमाध्यमले देशको उद्योग नै धरापमा पर्ने गरी समाचार लेख्दिनु भएन, सकारात्मक उर्जा दिने समाचार लेखिदिए उद्योगलाई असर गर्दैनथ्यो ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved