पर्यटन बोर्डको सिइओ छान्न समितिको बैठक, रेग्मी र वस्ताकोटी प्रमुख दाबेदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 05:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट गर्न मंगलबार बैठक साँझ बैठक बस्ने तय भएको छ । केही बेरमा बैठक सुरु हुने र सकेसम्म आजै निर्णय गरिने समिति समस्य विप्लव पौडेलले जानकारी दिए । तर अहिले साँझ ५ बजे बस्ने तय भएको बैठक सुरु भने भएको छैन ।

उपसमितिले सिफारिस गरेर पठाएका ३ जना व्यक्तिमै छलफल हुने र एक जनालाई सिइओ बनाउने उनको भनाई छ । उपसमितिको सिफारिसमा परेका ३ जनाको नाममा सन्तुष्ट नभएपछि ५ जनाको नाम सिफारिस गर्न भन्दै उपसमितिलाई दबाब दिईएको थियो । तर उपसमितिले त्यसो नगरेपछि सिफारिसमा परेका तीन जनाको नाममै आज छलफल हुन लागेको हो । 

यसअघि बोर्डका अध्यक्ष समेत रहेका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले समय दिन नसक्ने भन्दै समितिको बैठक पटक पटक स्थगित हुँदै आएको थियो । 

डा. धनन्जय रेग्मी र दिपक वस्ताकोटी र हिक्मत सिंह ऐरको नाम उपसमितिले सिफारिस गरेको थियो । मा परेका मध्येबाट एक जना बोर्डको सीईओ नियुक्ती हुने छन् । सिफारिसमा परेका तीन जनामध्ये वस्ताकोटी र ऐर सत्तारुढ नेकपा निकट मानिन्छन् । एक नम्बरमा सिफारिस भएका डा. रेग्मी भने डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको आन्दोलनका समर्थक भएको तथ्य सार्वजनिक भएपछि उनलाई बोर्डको सिइओ बनाउने वा नबनाउने भन्नेबारे समितिमा दफाबार छलफल हुने छ । यदि डा. रेग्मीमा समर्थन नभए दोस्रो विकल्पमा सिफारिस भएका वस्ताकोटी बोर्डको सिइओ बन्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved