कोरोना भाइरसः रित्तै उड्छन् नेपाल आउने जहाज

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 30, 2020 | 02:31:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटक घटेका छन् । चीनबाट आउने चिनियाँ वायुसेवाका अधिकांश उडान सञ्चालनमा रहेपनि नेपाल आउने चिनियाँ नागरिक भने घटेका हुन् । 

अध्यागमन विभागले दिएको जानकारी अनुसार सन् २०२० को जनवरी महिनाको हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर १२ हजार ४० जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अन्तिम साता मात्रै १ हजार ६५ जना चिनियाँ हवाईमार्ग हुँदै नेपाल आएका छन् । तर पछिल्ला केही दिनमा भने त्यो सङख्या घट्दो क्रममा छ ।

जनवरी २७ तारिखमा १९५ चिनियाँ नागरिक नेपाल आएकोमा भोलीपल्ट जनवरी २८ मा त्यो संख्या १७४ जनामा समित भयो । जनवरी १२ तारिखमा करिब ४९० जना चिनियाँ नागरिक नेपाल आएकोमा जनवरी २९ तारिखमा आईपुग्दा १६० मा झरेको छ । 

जनवरी १ देखि २५ तारिखसम्म दैनिक औसत ४३७ जना चिनियाँ पर्यटक नेपाल भित्रिएकोमा जनवरी २६ देखि २९ सम्म दैनिक औसत २६६ जनामा समित भएको छ ।

उडानको अवस्था 

नेपाल र चीन हवाई मार्गमा उड्ने जहाजहरु अधिकांश सञ्चालन भइरहेपनि यात्रु आगमन भने घटेको हो । चीनबाट नेपाल आउने वायुसेवाका उडान सञ्चालन भइरहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । 

चीनको बेइजिङ र चोङचिङ शहरमा उडान गर्ने नेपाली वायुसेवा प्रदायक कम्पनी हिमालय एअरलाइन्सले भने आफ्ना अधिकांश उडान रद्द गरेको छ । चार चिनियाँ वायुसेवा  कम्पनी एयर चाइना, चाइना सदर्न, चाइना इस्टर्न र सिचुवान एयरलाइन्सले दैनिक नेपाल उडान गर्छन्। टिबेट एयरलाइन्सले सातामा दुई उडान गर्ने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved