पर्यटन बोर्डका नवनियुक्त सिइओ रेग्मीले सम्हाले कार्यभार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 04:36:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले पदबहाली गरेका छन् । बोर्ड सचिवालयमा आज सिइओ रेग्मीले जिम्मेवारी सम्हाएका हुन् । 

नवनियुक्त सिइओ रेग्मीले परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर पर्यटन प्रवद्र्धनका कामलाई गति दिने उनको दाबी छ । बोर्डको कार्यकारिणी समितिको माघ १४ गतेको बैठकले रेग्मीलाई सिईओमा नियुक्त गरेको थियो । बोर्डका अध्यक्ष रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले उनीसँग कार्यसम्पादन करार सम्झौता गर्ने बोर्ड सचिवालयले जनाएको छ ।

जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्ष हुन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved