पर्यटनमन्त्री भन्छन्, ‘वार्षिक १ करोड पर्यटक ल्याउने लक्ष्य छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 02:16:58 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वार्षिक १ करोड विदेशी पर्यटक नेपाल भित्र्याउने सरकारी लक्ष्य रहेको बताएका छन् । देशभरका अन्तराष्ट्रिय तथा आन्तरिक उडान हुने विमानस्थलको वर्तमान अवस्थाबारे जानकारी दिन नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले वार्षिक २० लाख मात्रै नभई १ करोड पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भइरहेको दाबी गरेका हुन् ।

‘अहिले हामी वर्षमा २० लाख पर्यटक भित्र्याउने अभियानमा छौँ, यो संख्या ठूलो नभएपनि हामीलाई धौ धौ भईरहेको छ’ मन्त्री भट्टराईले भने, ‘सधैँभरी त्यही २० लाख मात्रै होईन, आगामी ५ वर्षपछि वार्षिक १ करोड विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ अहिले पूर्वाधार विकासको काम भईरहेको छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved