नेपाली र विदेशीलाई समान भाडामा उडाउन संसदीय समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 03:36:11 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले हवाई उडानमा स्वदेशी र विदेशी यात्रुलाई लिईने भाडादरमा एकरुपता कायम गर्न निर्देशन दिएको छ । समितिले आन्तरिक उडानमा विदेशी यात्रुलाई बढी भाडा लिने परम्पराले गलत सन्देश प्रवाह हुने भन्दै समान हवाई भाडा कायम गर्न निर्देशन दिएको हो ।

समिति सभापति पवित्रा निरौला खरेलका अनुसार समितिमा यसबारे भएको छलफलमा भाडादरमा एकरुपता कायम गर्नुपर्ने आवाज उठेपछि सरकारलाई तत्काल भाडादर समान बनाउन निर्देशन दिईएको हो । समिति सचिव सुरज कुमार दुराले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउने विदेशी पर्यटकबाट नेपालको सकारात्मक प्रचार हुन सकोस् भनेर समितिले यस्तो निर्देशन दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved