पहिलो महिनामै २५ हजारले घटे नेपाल आउने पर्यटक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 06:10:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइ रहे पनि नेपाल आउने पर्यटकको सङ्ख्या भने घटेको छ । सन् २०२० को पहिलो महिनामा नेपाल आउने पर्यटक घटेका छन् । सन् २०१९ को जनवरीको तुलनामा २०२० को जनवरीमा नेपाल आएका पर्यटकको सङ्ख्या २५ हजारले घटेको छ । 

अध्यागमन विभागका अनुसार २०१९ को जनवरीमा ९१ हजार ७ सय विदेशी पर्यटक नेपाल आएका थिए । तर २०२० को जनवरीमा ६७ हजार २० जना पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको पहलिो महिनाको तुलनामा २४ हजार ६८० ले कम हो । यो वर्षको जनवरीमा भारत र चीनबाट आउने पर्यटक केही बढे पनि अन्य देशबाट आउने पर्यटक भने घटेका छन् । 

जनवरीमा चीनबाट १३ हजार ९५८ पर्यटक नेपाल आएका छन् । कोरोना भाइरसको कारण पर्यटक नेपाल आउने पर्यटकको संख्या घटेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved