हिमाल आरोहणबाट १२ करोड ५० लाख रोयल्टी संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 06:10:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्वतारोहण संघ (एनएमए)ले १२ करोड ५१ लाख ८० हजार रोयल्टी उठाएको छ । सरकारले अनुमति दिएका ५ हजार ८ सयदेखि ५ हजार ५ सय मिटरसम्म उचाइ भएका २७ पिकमध्येमा गत वर्ष २४ पिक आरोहणबाट एनएमएले उक्त रकम सङ्कलन गरेको हो ।

संघका अध्यक्ष सान्तवीर लामाका अनुसार सरकारले एनएमएलाई जिम्मा दिएकामध्ये गत वर्ष २४ पिक आरोहणका लागि १ हजार ७३३ समूहका ६ हजार ५५५ जनाले अनुमति लिएका थिए । अनुमति लिनेमध्ये १०२ जना नेपाली थिए । 

यसरी उठेको रोयल्टी रकम २५ प्रतिशत प्रदेश सरकार, २५ प्रतिशत स्थानीय तह र ५ प्रतिशत नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति (माउन्टेन एकेडेमी) मा जम्मा गर्नुपर्ने प्रावधान छ । रोयल्टी रकम संघले तीन शीर्षकमा छ करोड ८८ लाख ४९ हजार जम्मा गरेको हो । सम्बन्धित प्रदेश सरकारको कोष र स्थानीय तहको कोषमा छुट्टाछुट्टै तीन करोड १२ लाख ९५ हजार तथा माउन्टेन एकेडेमीका नाममा ६२ लाख ५९ हजार रोयल्टी रकम जम्मा गरेको हो । 

संघका महासचिव कुलबहादुर गुरुङका अनुसार संघले २७ पिकमध्ये समूह  ‘क’ मा १२ र समूह  ‘ख’ मा १५ पिक गरी दुई भागमा विभागजन गरेको छ । शुरुमा एनएमएले १२ पिकको अनुमति पाएपनि २०७४ साउन १० गते १५ पिक थप गरेर २७ पिकको जिम्मा पाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved