नेपाल एयरलाइन्सको कतार उडान स्थगित, टिकट काटेका यात्रुले पैसा फिर्ता पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 03:07:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले कतार उडान स्थगित गरेको छ । कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाए लगत्ते नेपाल एयरलाइन्सले पनि कतारको दोहामा गर्दै आएको उडान तत्काललाई रोकेको हो । निगमले दोहाको उडान १० मार्च २०२० बाट अर्को निर्णय नआएसम्मका लागि रोकेको हो । 

एयरलाइन्सका अनुसार २६ फागुन २०७६ भन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुले टिकट फिर्ता पुरै रकम पाउने छन् । 

यस अघि दोहामा नेपाली कम्पनी हिमालय एयरलाइइन्सले पनि उडान रोकिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved