पूर्व मन्त्रीकै संरक्षणमा विमानस्थलका पसल अबैध कारोबारीको कब्जामा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 19, 2020 | 11:11:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा संवेदनशीलताको विषयमा कहिल्यै गम्भिर बनेन । विमानस्थल गम्भिर बनेजस्तो गर्छ, गृह मन्त्रालय गम्भिर बने झैँ देखिन्छ तर विमानस्थल परिसरमा व्यवसाय गर्ने व्यक्ति तथा समूह गम्भिर नबन्दा समस्या जटिल बन्दै गएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र यात्रु प्रस्थान कक्षसँगैको एयरपोर्ट टि–कफी एण्ड कन्फेक्सनरी सपलाई विमानस्थलको सुरक्षा समितिले हटाउने भन्यो ।

अवैध कारोबारीलाई अदालतले फर्काईदिएपछि.....

यसका पछाडी एउटै मात्रै कारण छ, सुरक्षा संवेदनशीलता । उक्त कफी सपका सञ्चालक सुवास श्रेष्ठ अवैध विदेशी मुद्रा कारोबारमा संलग्न भएको भेटेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

यही विषयमा पुनः अवैध मुद्राको कारोबार हुने शंका गर्दै विमानस्थल सुरक्षा समितिले पसल नै हटाउने भन्यो । तर यसको विरुद्दमा सुवासहितको समूह अदालत पुग्यो । अदालतले नहटाउन आदेश दियो । उक्त पसल अहिले पनि निर्वाध रुपमा चलिरहेकै छ । 

तर साढे ४ वर्षदेखि सञ्चालित उक्त पसल सुरक्षाका दृष्टिकोणले एयरपोर्ट भित्रै राख्नु गलत भएको भन्दै सुरक्षा समितिले २०७६ बैशाखमा सञ्चालन भईरहेको उक्त पसल हटाउने निर्णय गरेपछि कफी सप अदालत पुगेको थियो । एयरपोर्टको कर्पोरेट विभागका हेम दाहाल सर्वोच्च अदालतले सुरक्षा संवेदनशीलताका आधारमा पसल हटाउनुपर्ने कुनै कारण नदेखिएको भन्दै एयरपोर्टको निर्णय लागू नगर्न अन्तरिम आदेश दिएपछि उक्त कफी सप पूर्ववत् अवस्थामै सञ्चालन भईरहेको बताउँछन् । 

गोपालबाबु श्रेष्ठको नाममा दर्ता रहेको उक्त प्रालि एवम् कफी सप चलाउने सुवास श्रेष्ठ गोपालबाबु श्रेष्ठका बहिनी ज्वाई हुन् । सुवास गत वर्षको चैत २१ गते २२ हजार १ सय ५० थाई भाट, १० हजार अमेरिकन डलर, ८० हजार चिनियाँ यूआन र १ हजार ३ सय ८० यूरो अबैध विदेशी रकमसहित पक्राउ परेका थिए । पसल चलाउनेबाटै अवैध कारोबार भएपछि सञ्चालन नगर्न भनेको कफी सप अदालतले फर्काईदिएपछि विषय पेचिलो बनेको छ । 

विमानस्थलमा सुवासको दबदबा

विमानस्थलका अधिकारीहरुले टेण्डर आह्वान भएरै नै सुवाशले पसल खोलेको दाबी गरेपनि त्यो दाबी झुठो रहेको पाईएको छ । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता शरतसिंह भण्डारी पर्यटनमन्त्री रहको बेला उनैले नागरिक उड्ययन प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराएर निर्जला राउत र सुवास श्रेष्ठको साझेदारीमा हुने गरी विमानस्थलको प्रस्थान कक्षमा टी–कफी सप सञ्चालनको अनुमति दिएका थिए ।

त्यसपछि सुवासले प्रभावमा पारेर विमानस्थलभित्र आफ्नो प्रभुत्व जमाउँदै लगे । व्यवसाय विस्तारसँगै उनले विमानस्थलको कुना कुनासम्म पुग्ने पास लिए । त्यसपछि उनले अवैध मुद्रा ओसापार गर्ने गिरोहसँग मिलेर अवैध काम गर्न थाले । 

त्रिभुवन विमानस्थलको ‘डोमेस्टिक’ तर्फको कफी सप, डोमेस्टिक तर्फकै माथिल्लो तल्लाको रेष्टुरेन्ट, नयाँ बनेको डिपार्चर हलको बाहिरपट्टिको टि–कफी सप सबै सुवासकै हुन् । विमानस्थल बाहिरको कान्तिपुर क्याफे, अन्तराष्ट्रिय तर्फको ब्यागेज ¥यापिङ ९ब्यागेहरुलाई प्लाष्टिकले बेर्ने’ कामसमेत सुवासले नै गरिरहेका छन् । बिना टेण्टर उनले विमानस्थलको अति संवेदनशील क्षेत्रमा आफ्नो प्रभाव जमाईरहेका छन् । 

यति मात्रै नभई ब्राण्डेड पसल भनेर उनले गिफ्ट सप पनि सञ्चालन गरेका थिए । तर त्यो भने अहिले फेरि रि–टेण्डर भएका कारण बन्द भएको छ । उक्त गिफ्ट सप पनि आफूले पाउनुपर्ने भन्दै उनी शक्ति केन्द्र धाईरहेका छन् । उनले विमानस्थलको आन्तरिक तर्फको क्षेत्रलाई प्रयोग गरेर आफ्नो विज्ञापन समेत गरिरहेका छन् । 

अवैध मुद्रासहित रंगेहात पक्राउ परेको अदालतबाट सफाई पाएर आउनु, विमानस्थलभित्र हरेक कुना कुनामा पुग्ने पास पाउनु, एयरपोर्टबाट व्यवसायीक फाइदा हुने जति सबै काममा उनको एकल प्रभुत्व कायम हुनुका पछाडी राजपा अध्यक्ष मण्डलका संयोजक एवम् पूर्वमन्त्री शरदसिंह भण्डारीकै हात रहेको विशेष स्रोतले बताएको छ ।

यसअघि:
त्रिभुवन विमानस्थल भित्रको ‘सांसदको पसल’ले सरकारलाई तनाव

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved