मेडिकल सामग्री लिन बल्ल चीन जाने भयो निगमको वाइडबडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2020 | 12:53:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमको जहाज आज चीन उड्ने भएको छ। कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री लिनको लागि निगमको जहाज आज चीन उड्न लागेको हो। 

यसअघि पटक पटक स्थगित हुँदै आएपनि आज उडान निश्चित भएको निगमकी प्रवक्ता अर्चना खड्काले बिजपाटीलाई बताईंन। सामान ल्याउनका लागि फ्ल्यास फ्रेट लजिस्टिक प्रालि र सांग्रिला थ्रेटले जहाज चार्टर्ड गरेको उनले बताइन। खड्काकाअनुसार जहाज आज बेलुका पौने ७ बजे चीनको लागि उडान भर्नेछ।  कोरोना सम्बन्धि औषधि सामग्री लिएर चीनबाट भोलि बिहान फर्कने तालिका रहेको छ। 

यसअघि निगमको उडान पटक पटक स्थगित भएपछि निगममाथि केहि उच्च घरानाका ब्यापारीसँग मिलोमतो गरेर कालोबजारी बढाउँने काम गरेको आरोप लागेको थियो।  चीनमा उडान भर्नको लागि बुकिङ निश्चित गरेपनि निगमले नमानेकाले उडान स्थगित हुँदै आएको चार्टड पार्टीले आरोप लगाएका थिए। 

तर उक्त आरोप निराधार भएको खड्काले बताईन। यसअघि अप्रिल ११ को मिति थियो तर उक्त दिन चीनबाट सामान ल्याउने तयारी नपुगेको भन्दै चार्टड पार्टीले नै स्थगित गरेकाले उडान रोकिएको खड्काको दाबि छ। "एक पटक उडान भर्नको लागि लिएको अनुमति ७२ घण्टासम्मलाई काम गर्छ, त्यसपछिको उडानको लागि फेरी नयाँ प्रकृया सुरु हुन्छ र अनुमति पनि फेरी लिनुपर्छ, प्रक्रियागत कारणले एउटा उडान स्थगित भएपछि अर्को उडानमा समय लागेको हो " उनले भनिन।

यसअघि स्वास्थ्य सामग्री चीनबाट ल्याउन फ्ल्यास फ्रेटले अप्रिल ११ का लागि चार्टर्ड गरेको थियो तर उक्त उडान स्थगित भएको थियो। त्यसपछि अप्रिल १४ का लागि उडान तय भएको थियो तर उक्त दिन पनि उडान स्थगित भएको थियो।  आज आउने जहाजमा निजी अस्पताल, संघ संस्था र  व्यापारिक कम्पनी समेत गरेर ४० भन्दा धेरै पार्टीको स्वास्थ्य सामाग्री आउंदै छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved