मन्त्री भट्टराई भन्छन्, ‘कोरोनाको महामारीपछि सबै कर्मचारीलाई एक महिना घुम्न पठाइन्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2020 | 05:41:43 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अब आन्तरिक पर्यटनलाई बढावा दिनुको विकल्प नभएको बताएका छन् । कोरोना भाइरसको महामारी सकिएपछि पनि केही समय पर्यटकहरु घुम्न आउने अवस्था नरहने भन्दै उनले त्यसलाई व्यवस्थापन गर्न सरकारले धेरै योजना बनाएको बताएका छन् । 

पत्रकारहरुसँगको भिडियो कन्फ्रेन्समा मन्त्री भट्टराईले सबै सरकारी कर्मचारीलाई एक महिना बिदा दिएर घुम्न पठाउने योजनासमेत सरकारले बनाएको बताए । ‘तत्काल अन्तराष्ट्रिय पर्यटक नआउन सक्छन्, त्यो अवस्थामा हामीले पर्यटन बिदा दिने सोच बनाएका छौं, आर्मी, पुलिस, शिक्षक, कर्मचारीसहित संगठित र असंगठित क्षेत्रका कर्मचारीलाई एक महिना बिदा दिएमा केही चहलपहल बढाउन सक्छौं’, मन्त्री भट्टराईले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved