पर्यटन बोर्डका सिइओको प्रस्ताव, ‘हप्तामा २ दिन बिदा दिएर कर्मचारीलाई घुम्न पठाउँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 06:00:38 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ ले पारेको प्रभाव न्युनिकरण गर्न आन्तरिक पर्यटन प्रवद्र्धनलाई ध्यान दिनुपर्ने सरोकारवालाको सुझाव छ । सार्वजनिक नीजि साझेदारीको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रका लागि तत्काल २० अर्बको प्याकेज आवश्यक रहेको भएपनि सरकारले यसको व्यवस्थापन बजेट मार्फत नै गर्ने बताएका छन् । उनले जेठ १५ मा आउने बजेटले कोरोना भाइरसले पर्यटन क्षेत्रमा पारेको प्रभाव र व्यवसायीलाई परेको आर्थिक भार कम गर्ने संकेत आफूले पाएको बताएका छन् ।

पर्यटन व्यवसायीका लागि सरकारले कम्तीमा १ वर्षसम्म ब्याजदर र किस्ता तिर्न नपर्ने र ३ वर्षसम्म ऋणको किस्ता तिर्ने अवधि लम्ब्याउनु पर्ने उनको भनाई छ । बोर्डले पदयात्रा व्यवसायी, होटल व्यवसायी, र्याफ्टिङ व्यवसायी लगायत पर्यटनसँग सरोकार राख्ने सबैसँग सल्लाह लिएर पर्यटन मन्त्रालयमा सोही अनुसारको ब्यहोरा पठाएको पनि सिइओ रेग्मीले जानकारी गराए । 

आर्थिक पत्रकार संघ (नाफिज)सँगको भिडियो कन्फेरेन्समा बोर्डका सिइओ रेग्मीले दिएको जानकारी अनुसार कोरोनाले संकटमा परेको पर्यटन उद्योग उकास्न लकडाउन पश्चात हप्तामा २ दिन बिदा दिएर कर्मचारीलाई घुमाउन पठाउने वा शनिबार हुने बिदा जोडेर महिनामा एकैपटक ४ दिनको बिदा दिएर बाँकी दिन काम लगाउन सकिने प्रस्ताव पनि बोर्डले मन्त्रालयमा पठाएको छ । बोर्डको यो प्रस्ताव लगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक हप्ता अघि लकडाउन खुल्नासाथ सरकारी कर्मचारीलाई एक महिना बिदा दिएर घुम्न पठाउने बताएका थिए । 

‘नेपालबाट विदेश घुम्न जानेहरुको संख्या वार्षिक ८ लाख जति छ’ सिइओ रेग्मीले भने, ‘अब यसरी विदेश घुम्न जानेहरुलाई पनि आन्तरिक घुमघाममा प्रोत्साहन गर्नुपर्ने छ ।’ 

बोर्डको तथ्यांक अनुसार पर्यटन क्षेत्रमा कोरोनाले असर गर्दा १६ देखि २० लाख मानिसहरु प्रभावित भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved