विपक्षी सांसदसँग मन्त्री भट्टराईको छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 04:33:13 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले संघीय संसदमा रहेका विपक्षी दलका नेताहरुसँग छलफल गरेका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ को वजेट तथा नीति तथा कार्यक्रमका सन्दर्भमा उनले विपक्षी दलका सांसदसँग सुझाव लिएका हुन् । 

यसअघि सत्तापक्ष सांसदहरुसँग सुझाव लिएका मन्त्री भट्टराईले आज विपक्षी दल नेपाली कांग्रेस तथा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनता पार्टीका सांसदसँग सुझाव लिएका हुन् ।

विपक्षी दलका सांसदहरुसँग सल्लाह लिने संस्कारले संसदीय राजनीतिलाई बलियो बनाउने भन्दै यस्तो अभ्यास गरिएको मन्त्री भट्टराईको भनाई छ । ‘लगानीमा साझेदारी र प्रतिफलमा हिस्सेदारी’ को नीति अनुसार ठूला पर्यटकीय आयोजना अघि बढाउने मन्त्रालयको सोच रहेको उनको भनाई छ । 

धेरैको सांसदहरुको माग नयाँ विमानस्थल निर्माणमा रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले मन्त्रालयले औचित्य, आवश्यकता र व्यवसायिकताका आधारमा विमानस्थल निर्माण गर्ने योजना बनाएको बताए । उनले भने, ‘अति दुर्गम ठाऊँमा सेवा दिने राज्यको कर्तव्य हो, दिनुपर्छ । त्यसबाहेक व्यावसायिकतालाई पनि हेर्नुपर्ने हुन्छ । लगानी गरिसकेपछि, लगानी डुब्नु हुदैन भन्ने कुरामा पनि हेक्का राख्नुपर्छ ।’

नेपाली कांग्रेसले गठन गरेको छाँया सरकारका पर्यटन मन्त्री देवेन्द्रराज कडँेलको नेतृत्वको टोलीले पर्यटन क्षेत्रको समृद्धिका लागि ल्याउनु पर्ने योजना र कोरोना भाइरसले यस क्षेत्रमा पारेको प्रभावपछिको पुर्नस्थापनाका कार्यक्रमबारे सुझाव दिएको थियो । कडेँलले योजना बनाउने क्रममा विपक्षी दलका सांसदसँग छलफल गरेर मन्त्री भट्टराइले राम्रो राजनीतिक संस्कारको शुरुवात गरेको उल्लेख गर्दै भने, ‘भ्रमण वर्ष २०२० उत्साहका साथ अघि बढेको थियो, हाम्रा लागि त्यो अवसर पनि थियो, कोरोनाका कारण त्यसमा ब्रेक लाग्यो । अहिले यो अवस्थामा पनि पर्यटन क्षेत्रको विकासका लागि जे प्रयास गर्नुभएको छ, त्यो सहनीय छ ।’ 

नेमकिपाकातर्फबाट प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका तर्फबाट दुर्गा पौंडेल र राजपाका तर्फबाट अमृतादेवी अग्रहरीले सुझाव दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved