नेपाल एयरलाइन्सको उद्दार गर्न अर्थमन्त्रालयलाई पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2020 | 11:49:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ऋणको ब्याज तिर्न नसक्ने गुनासो गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयलाई गुहारेको छ । वाइडबडी खरिदमा लागि लिईएको ऋणको ब्याज बुझाउन नसकेको निगमले कोरोना भाइरसको महामारीका कारण अझ संकट थपिएको भन्दै आफ्नो तालुक मन्त्रालयमा गुनासो गरेको थियो । निगमको गुनासो आएपछि नागरिक उड्डयन मन्त्रालयले उद्दारका लागि अर्थ मन्त्रालय समक्ष प्रस्ताव पठाएको छ । 

मन्त्रालयले निगम आफैँ ऋण तिर्न नसक्ने भन्दै आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत उद्दारको व्यवस्था गरिदिन अर्थ समक्ष प्रस्ताव गरेको हो । निगमले ३४ अर्ब ऋणको ब्याज ६ महिनासम्मको अनुदान दिनुपर्ने माग गरेको छ । निगमकै माग अनुसार अर्थ मन्त्रालयमा प्रस्ताव पठाईएको पर्यटन मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved