पर्यटनमन्त्री भन्छन्, ‘कोरोना नआएको भए भैरहवा विमानस्थलबाट उडान भईसक्थ्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 02:23:04 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसको संक्रमणका कारण गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सञ्चालनमा ढिलाई भएको बताएका छन् । कोरोना भाइरसका कारण मूलुक लकडाउन हुँदा गौतमबुद्ध विमानस्थल यसअघि तोकिएकै मितिमा सञ्चालन गर्न नसकिएको उनको भनाई छ ।

‘कोरोना नआएको भए गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्ने थियो’ उनले भने, ‘पर्यटन मन्त्रालय अन्तर्गत रहेका राष्ट्रिय गौरवका आयोजनामा भैरहवा विमानस्थल हाम्रो पहिलो प्राथमिकतामा पर्छ, हामी केही महिनाभित्रै अपरेशनमा ल्याउने गरी काम गर्दैछौँ ।’

उनले सन् २०२० को डिसेम्बरसम्म निर्माण सकेर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताए । त्यसपछि परीक्षण उडान र अन्य कामका लागि ३ महिना लाग्ने र सन् २०२१ को मार्चबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट नियमित व्यवसायीक उडान हुने मन्त्री भट्टराईको विश्वास छ ।

विमानस्थल निर्माण सम्पन्न गर्नका लागि चौथो पटक म्याद थप गरी सन् २०२० मार्च ३० सम्म पुर्याइएको थियो । अब डिसेम्बरसम्मै पुर्याउन लागिएको हो । कोभिडका कारण ४० जनाको चिनियाँ कामदार टोली फिल्डमा हुनुपर्नेमा २० जनामात्रै खटिएका छन् । मन्त्रालयका अनुसार हालसम्म यो विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत छ । 

मन्त्री भट्टराईले पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम भने लकडाउनको अवधिमा पनि खासै प्रभावित नभएको बताएका छन् । हालसम्म ५९ प्रतिशत काम सकिएको यो विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने उनको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved