साउन मसान्तभित्र हवाई उडान खोल्न व्यवसायीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 07:08:38 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन व्यवसायीहरुले साउनभित्र सबै पर्यटकीय गतिविधि सूचारु गर्न माग गरेका छन् । पर्यटन सम्बद्ध व्यवसायीका संस्थाहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साउन मसान्तभित्र व्यावसायिक हवाइ उडान तथा पर्यटनकीय गतिविधि सुचारु गर्न माग गरेका हुन्।

लकडाउन लुजडाउनमा परिणत भएपनि होटल, रिसोर्ट, होमस्टे, हवाई, पर्यटक सवारीलगायत पर्यटकीय क्षेत्रहरु बन्द रहेकाले भाडा तिर्नै गाह्रो भएको भन्दै उनीहरुले साउन भित्रै सबै खाले पर्यटकीय गतिविधि खुला गर्न माग गरेका हुन् ।

व्यवसायीहरुले अगष्ट १ भित्र आन्तरिक र अगष्ट १५ भित्र अन्तराष्ट्रिय उडान खुला गर्न व्यवसायीले माग गरेका छन् । उनीहरुले विभिन्न देशसँग सीमा जोडिएका नाका खोल्न पनि माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved