वाणिज्य बैंकले पर्यटन र मझौला उद्योगमा १५ प्रतिशत लगानी गर्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 03:36:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पर्यटन तथा साना एवम् मझौला उद्योगमा १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वाणिज्य बैंकले गर्ने कुल कर्जा लगानीमध्ये १५ प्रतिशत लगानी पर्यटन र मझौला उद्योगमा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । 

२०८१ साल असार मसान्तसम्म बैंकले गर्ने कुल कर्जा लगानीको १५ प्रतिशत लगानी पर्यटनमा हुनैपर्ने व्यवस्था गरिएको गर्भनर अधिकारीले बताए ।

यसैबीच विकास बैंकले कुल कर्जा लगानीको २० प्रतिशत र वित्त कम्पनीले १५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा गर्नैपर्ने व्यवस्था गरिएको गर्भनर अधिकारीले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved