साउन १५ भित्र गत वर्षको प्रगति बुझाउन प्रतिष्ठानहरुलाई मन्त्री भट्टराईको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 05:48:55 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हालको विशिष्टिकृत अवस्थामा प्राज्ञिकहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री भट्टराईले जातजाति, भाषा तथा संस्कृतिको विविधता भएको हाम्रो देशमा प्राज्ञिकको भुमिका महत्वपूर्ण हुने उल्लेख गरे । परिर्वतनको लागि विभिन्न समयमा भएको क्रान्तिमा प्राज्ञिकहरुले खेलेको भुमिका स्मरण गराउँदै उनले वर्तमान अवस्थामा पनि उत्तिकै भूमीका रहेको बताए । 

मन्त्री भट्टराईले पिछडिएको समुदायलाई अगाडी ल्याउन प्राज्ञिकहरुकले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउँदै निराशा बोकेको जमातलाई प्राज्ञिकको तर्फबाट सकारात्मक सोचको विकास गराउन प्रेरित गर्न आग्रह गरे । 

मन्त्री भट्टराईले सबै प्रतिष्ठानहरुले साउन १५ गते भित्रमा मन्त्रालयमा गत आर्थिक वर्षमा हासिल  गरिएका मुख्य मुख्य उपलब्धीहरु पेश गर्न निर्देशन दिँदै एकै प्रकृतिको काम सबै मिलेर गर्न पनि आग्रह गरे । मन्त्री भट्टराईले चालु आर्थिक वर्षमा शतप्रतिशत प्रगति देखिने गरी काम गर्न काम आग्रह गर्दै आफ्नो जिम्मेवारीप्रति जवाफदेहि बनाउन सचिवले मन्त्रीसँग र मन्त्रीले प्रधानमन्त्रीसँग वार्षिक कार्य सम्पादन करार सम्झौत्ता गरे जस्तै प्रज्ञा प्रतिष्ठानमा कार्य सम्पादन करार सम्झौक्ता गर्न सुझाव समेत दिए ।  

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रतिष्ठानले भाषा संस्कृति साहित्य दर्शन कलाको क्षेत्रमा उल्लेख्य भुमिका खेल्दै बाह्य सम्बन्ध विस्तार गर्न आग्रह गरे । उनले सबै प्रतिष्ठान र सास्कृतिक संस्थान मिली ठोस योजना बनाएर मन्त्रालयमा पेश गर्न समेत सुझाव दिए । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी लगायतले आआफनो प्रतिष्ठानले गरेका प्रगति तथा चालु कार्यक्रम पेश गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved