प्रदेश र स्थानीय तहसँग पर्यटन मन्त्रालयले माग्यो कार्यक्रमको विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 02:50:29 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तह र प्रदेश सरकारसँग आयोजनाको प्रस्तावसहित विवरण माग गरेको छ । देश र स्थानीय तहमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी गर्न आयोजना तथा कार्यक्रमहरुको प्रस्ताव आव्हान गरिएको मन्त्रालयले जनाएको छ । 

“पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी )सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७” मा व्यवस्था भए बमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्तावसहित विवरणहरु तयार गरी २०७७ भाद्र मसान्तभित्र अनलाइनमार्फत पठाउन मन्त्रालयले भनेको छ । 

यस्तो छ सूचनाः

प्रदेश र स्थानीय तहमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी गर्न आयोजना / कार्यक्रमहरु प्रस्ताव आव्हान गरिएको सूचना

आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम अनुसार प्रदेश र स्थानीय तहमा साझेदारी मार्फत पर्यटकीय गन्तव्यहरुको विकास गर्न “पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७” मा व्यवस्था भए बमोजिम प्रदेश सरकार र स्थानीय तहबाट आ.व. २०७७/७८ र तत्‍पश्चात साझेदारी मार्फत कार्यान्वयन हुने आयोजना / कार्यक्रमहरुको लागि प्रस्ताव सहित विवरणहरु तयार गरी २०७७ भाद्र मसान्तभित्र अनलाइन मार्फत यस मन्त्रालयमा पठाउन हुन सम्बन्धित सबै प्रदेश तथा स्थानीय तहलाई यो सूचना जारी गरिएको छ । प्रस्ताव पेश गर्दा प्रदेश सरकारको हकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट र स्थानीय तहको हकमा सम्वन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउपालिकाको कार्यपालिकाको स्वीकृतिसहित पेश गर्नु पर्नेछ । आयोजना प्रस्ताव सम्बन्धी शर्त तथा अन्य आवश्यक कागजात मन्त्रालयको वेवसाइटमा गई उक्त लिंकबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । आयोजना/कार्यक्रम प्रस्ताव पेश गर्न अनलाइन प्रणालीमा लग-इन गर्ने प्रक्रिया यस प्रकार रहेको छ :
• प्रदेश र स्थानीय तहको लागि लग-इन गर्न आवश्यक पर्ने विवरणहरु (निर्देशिका र User Manual) वेवसाइटमा राखिएको छ ।
• मन्त्रालयको आधिकारिक वेवसाइट www.tourism.gov.np मा गई पर्यटन उपज साझेदारी कार्यक्रममा Click गर्ने वा Browser मा गई सिधै 202.45.145.166 टाइप गरि समेत खोल्न सकिने छ,
• मन्त्रालयले उपलब्ध गराएको User name र Password प्रयोग गरी माग भएका विवरणहरु भरी प्रस्ताव पेश (Submit) गर्ने ।
• प्रदेश र स्थानीय तहको User name र Password सम्बन्धित प्रमुखलाई SMS र कार्यालयमा इमेल मार्फत उपलब्ध गराइएको छ । User name र Password प्राप्त नभएमा [email protected][email protected] मा इमेल मार्फत सम्पर्क गर्नहुन अनुरोध छ ।

यस सम्बन्धी थप जानकारी आवश्यक भएमा कार्यालय समयमा सस्कृति, पर्यटन तथा नागरिक उडड्‌यन मन्त्रालयको मोवाइल नं. ९८५१३११८११ वा इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved