काठमाडौँमा पाँच लाख पर्यटक अटाउने पूर्वाधार बनाउन बोर्डलाई मन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 03:33:49 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका भित्र पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक बिदाको दिन उपत्यका वरिपरी पाँच लाख पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार पदमार्ग, साईकलिङ लगायतको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् । 

प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिएका छन् । मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सात वटा नेपाली, हिन्दी, चिनियाँ, अरबी, पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न आग्रह गरेका छन् । अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न निर्देशन दिँदै मन्त्री भट्टराईले विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिए ।

उनले भर्चुअल टुरका प्याकेज बनाउन पनि आग्रह गरेका छन् । हिमाल, टेकिङ सिमसार, म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरको सामाग्री तयार गर्न मन्त्री भट्टराईले बोर्डका निर्देशकहरुलाई निर्देशन दिएका हुन् । 

मन्त्री भट्टराई कोभिडका कारण पर्यटन ब्यवसायी, पर्यटन मजदुर लगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा सुरु गर्न पनि बोर्डलाई निर्देशन दिएका छन् । उनले कोभिडपछि पर्यटन क्षेत्रको उत्थानका लागि के के गर्न सकिन्छ भनेर त्यसको आवश्यक योजना बनाउनसमेत निर्देशन दिए । 

छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धन्नजय रेग्मीले आर्थिक बर्ष २०७६।७७ को प्रगति र २०७७। ०७८ का कार्यक्रमका बारेमा जानकारी गराएका छन् ।



भ्रमण दशकको घोषणा कहिले ? मन्त्री भट्टराईले गरे यस्तो खुलासा !



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved