कोरोनाले थलिएको पर्यटन उद्योग उकास्न 'टास्क फोर्स' गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 03:06:08 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ का कारण प्रभावित बनेको पर्यटन उद्योगको उद्धारको उपाय खोज्न 'सार्वजनिक निजी साझेदारी मोडल' मा उच्चस्तरीय कार्यदल गठन भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीको संरक्षक र निजी क्षेत्रका ठूला संघसंस्थाबाट प्रतिनिधित्व गर्ने ६ जना अध्यक्षहरु संस्थागत संरक्षकका रुपमा रहने गरी कार्यदल बनेको हो । 

टास्कफोर्समा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशीसमेत रहेका छन् । टास्कफोर्सले पर्यटन (होटेल, पदयात्रा, पर्वतारोहण र नागरिक उड्डयन) क्षेत्रलाई तत्काल टिकाउने र त्यसपछि पुनरुत्थान गर्ने गरी छुट्टाछुट्टै योजना बनाउने जिम्मेवारी पाएको छ ।

कार्यदलको विज्ञ सल्लाहकारमा होटेल द्वारिकाकी प्रवन्ध निर्देशक अम्बिका श्रेष्ठ, टेम्पल टाइगर ग्रुपका अध्यक्ष बसन्त मिश्र, बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्र बस्नेत, पर्यटन बोर्डका पूर्वसीईओ प्रचण्डमान श्रेष्ठ, यती एयरलाइन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved