राष्ट्र बैंकद्वारा पहिलोपटक पर्यटन क्षेत्र परिभाषित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 06:02:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पहिलो पटक पर्यटन क्षेत्रलाई बिस्तृत रुपमा परिभाषित गरेको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमार्फत पर्यटन क्षेत्रलाई कोरोनाबाट अति प्रभावित क्षेत्रको सूचीमा राखिएको भएपनि बिस्तृत परिभाषा भने आएको थिएन ।  ऋणीको परियोजना वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको मूल्याङकन गरी ऋणीको लिखित कार्ययोजना अनुसार भविष्यमा उद्योग व्यवसाय सञ्चालनमा आई ऋण चुक्ता हुन सक्नेमा बैक तथा वित्तीय संस्था आश्वस्त भएमा सम्बन्धित ऋणीको अनुरोधमा एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल उपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको थियो ।

राष्ट्र बैंकले गरेको पर्यटन क्षेत्रको परिभाषा र पर्यटन क्षेत्रभित्र पर्ने क्षेत्र यस्तो छ ।

(३) ‘पर्यटन क्षेत्र’ भन्नाले देहायबमोजिमको क्षेत्रलाई जनाउने छः

(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, रिसोर्ट, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग,

टुर अप्रेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,

(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिजोर्ट

तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,

(ग) मनोरंजन, मनोरञ्जन पार्क, रिक्रिएसन, चलचित्र आदि,

(घ) साहसिक पर्यटनः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर ¥याप्mटिङ्ग, हट एयर

व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग,

हिमाल आरोहरण र अवलोकन लगायत,

(ङ) गल्फ कोर्स, पोलो, पोनी टे«किङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट

सञ्चालन, केवलकार,

(च) साँस्कृतिक, धार्मिक तथा खेलकुद पर्यटन र

(छ) काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा,

भैरहवा, नेपालगञ्ज र धनगढीमा सार्वजनिक सहरी यातायात सेवा

संचालन गर्ने संगठित संस्थालाई प्रवाहित कर्जा । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved