हिमाल आरोहण गर्न काठमाडौँ आईपुग्यो बहराइनका राजकुमारको टोली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 11:47:18 AM मा प्रकाशित

laxmi  sunrise bank

बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली हिमाल आरोहण गर्न काठमाडौं आईपुगेको छ । हिमाल आरोहण गर्न यो टोली विशेष विमानमार्फत बुधबार बिहान सवा ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । गए राति १२ः३० बजे शेख ईशा एयरबेसबाट नेपाल प्रस्थान गरेको टोलीमाबहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक छन् । 

टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने छ । उनीहरुले यो आरोहणलाई सर्वोच्च शिखर सगरमाथा आरोहणको पूर्वतयारीको रूपमा लिएको छ । उनीहरुले सन् २०२१ मा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छ । यो टोलीलाई हिमाल आरोहणका लागि नेपाल सरकारले भदौ १४ गते नै नेपाल आउने अनुमति दिने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved