टानमा खुम सुवेदीको एक वर्षे नेतृत्वः के के भए उपलब्धि ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 02:15:35 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) मा नयाँ नेतृत्व आएको आज असोज २ गते एक वर्ष पूरा भएको छ । २०७६ भाद्र २० गते संघको ४१ औं वार्षिक साधारण सभा एवं निर्वाचनबाट खुम बहादुर सुवेदीको अध्यक्षमा चयन भएको वर्तमान कार्यसमितिले २०७६ असोज २ गते विधिवत रुपमा पदभार ग्रहण गरेको थियो । टानमा नयाँ नेतृत्व आएसँगै पदयात्रा व्यवसाय र अन्य पर्यटकीय गतिविधिका सम्बन्धमा धेरैले चासो राखेका थिए । 

तर, नयाँ नेतृत्वले ७ महिना काम गरेपछि कोरोना भाइरसको महामारी प्रवेश गर्यो । कोरोना भाइरसका कारण थलिएको पर्यटन क्षेत्र (विशेष गरी पदयात्रा) क्षेत्रलाई उकास्न र थलिएका पदयात्रा व्यवसायीको पुनरुत्थानका लागि टानले आफ्नो भूमीका निर्वाह गरिरहेकै देखिएको छ । 

आर्थिक वर्ष २०७७÷०७८ को बजेट आउने समयमा टानले विभिन्न निकायमा पुगेर आफ्ना मागहरु राखेको र फलस्वरुप धेरै माग सम्बोधन भएको टानका अध्यक्ष सुवेदीको दाबी छ । तर भ्रमण वर्ष २०२० का लागि भनेर थप लगानी गरेका व्यवसायी भने निकै मारमा परेको उनको भनाई छ । 

कोरोनाका कारण आफूहरुले घोषित कार्यक्रम पनि स्थगित गर्नुपरेकोमा भने उनलाई दुःख लागेको छ । उनले बाँकी कार्यकालमा समस्यहरुको हितलाई केन्द्रमा राखेर काम गर्दै जाने प्रतिवद्धता पनि जनाएका छन् ।

एक वर्षको कार्यकालमा सम्पन्न गरिएका महत्वपूर्ण कार्यक्रमहरु:

•कोरोनाले सबै भन्दा बढी प्रभाव पारेको पर्यटन क्षेत्रको पुनरुत्थानको लागि व्यवसायीहरुलाई र यस क्षेत्रमा काम गर्ने श्रमिक वर्गको लागि नेपाल सरकारबाट राहतका कार्यक्रमहरु ल्याइयोस् भनी नेपाल सरकारका विभिन्न निकायहरु (प्रधानमन्त्रीको कार्यालय, अर्थमन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागमा) कर छुटको व्यवस्था, न्युनतम व्याजदरमा विनाधितो ऋणको व्यवस्था, पर्यटकीय नगरीमा रहेका क्षेत्रमा घरभाडा छुटको व्यवस्था, नविकरण समयमा नै गर्न नभ्याएका कम्पनीहरुहरुको लागि समायवधि थप गर्ने र विलम्ब शुल्क नलिने जस्ता मागहरु राखी ज्ञापन पत्र बुझाउने कार्य गरियो । पर्यटन व्यवसायीहरु एक ढिक्का भएर नेपाल सरकारलाई विभिन्न माध्यमहरुबाट, सिघ्र आउन लागेको बजेट २०७७।०७८ को बजेट वक्तव्यमा व्यवसायीहरुका मागहरु सम्बोधन गरियोस भनी दबाव दिने कार्य गरियो । जसको परिणाम, बजेटमा पर्यटन व्यवसायीहरुका धेरै मागहरु सम्बोधन भएका छन् ।
•नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बिधेयक सम्बन्धमा टानको नेतृत्वमा पर्यटनसंग सम्बद्घ संघ संस्थाहरुसंग विभिन्न चरणमा बैठक बसी सबै संघ संस्थाहरुको धारणा राख्दै पर्यटन बिधेयक मस्यौदामा सुझाव दिने कार्य गरियो ।
•हाम्रा सदस्य कम्पनीमा प्रबन्धक निर्देशक÷ प्रोपाइटरहरुलाई राहत मिलोस् भन्ने हेतुले टानले माछापुच्छ्र्रे« बैंकसंग सम्झौता गरि के्रडिट कार्ड सुविधाको व्यवस्था गरेको छ ।
•हाम्रा सदस्य कम्पनीमा कार्यरत गाईडहरुलाई राहत मिलोस् भन्ने हेतुले टानले माछापुच्छ्र्रे« बैंकसंग सम्झौता गरि के्रडिट कार्ड सुविधाको व्यवस्था गरेको छ ।

•हाइकि¨लाई स्वास्थ्यसंग जोड्दै काठमाडौं उपत्यका नजीकैका सबै डांडाहरुमा भ्रमण वर्ष भरी हाइकि¨ कार्यक्रम गराउने संघको योजाना अनुरुप विश्व पर्यटन दिनको अवसर पारेर चन्द्रागिरी क्षेत्रको सुइचाटारदेखि सुइजरल्याण्ड पार्क सम्म ३०० जनाको वृहत सहभागितामा भव्यवताका साथ विश्व पर्यटन दिवसको आयोजना गरियो ।
•पछिल्लो समयमा टान र नेपाल पर्यटन बोर्डसंग गरिएको सम्झौता बमोजिम नेपालका विभिन्न पर्यटकीय गन्तव्य स्थलहरुमा टिम्स चेकपोस्टको स्थापना गर्ने योजना अनुरुप मेलम्ची क्षेत्र, रसुवाको वेत्रावती क्षेत्रमा टिम्स चेकपोस्टको स्थापना गरियो ।
•नेपाललाई हिउदे पर्यटन प्रवद्र्घनमा टेवा मिलोस भन्ने हेतुले नेपाल भ्रमण वर्षको सचिवालयको र टानको सहकार्यमा नेपालमा नै पहिलो पटक विश्वको अग्लो स्थान गोक्योमा Figure Skating & Ice Hockey को आयोजना गरियो ।

•नेपालको पर्यटन प्रवद्र्घन गर्ने कार्यक्रम अनुरुप टान तथा साधारण सदस्य ज्यूहरुले Los Angeles मा Adventure Travel Mart 2020 (Feb 15-16) भाग लिइयो ।
•टानका साधारण सदस्यहरुको, परिवार तथा कर्मचारीहरुको स्वास्थ्य सेवा सुविधा सहज र शुलभ रुपमा प्रदान होस भन्ने उदेश्यले टान र हम्स अस्पताल संग MOU गर्यो |

•पदयात्रा व्यवसायलाई चाहिने थप जनशक्तिको आवश्यकता अनुरुप महिला गाईड तालिम, पोटर ट्रेकिंग गाईड तालिम जस्ता कार्यक्रमहरुको आयोजना गर्दै नेपाल सरकारले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागिता जनायो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved