‘शहर नजिकैको गाउँलाई पर्यटकीय क्षेत्र बनाउँछौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 02:00:33 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई शहर नजिकैको गाउँलाई पर्यटकीय क्षेत्र बनाउने बताएका छन् । आज ४१ औँ विश्व पर्यटन दिवसको अवसरमा चोभारस्थित मञ्जुश्री पार्कमा बृक्षारोपण कार्यक्रम गर्दै मन्त्री भट्टराईले शहर नजिकै पर्यटकीय गन्तव्यको विकास गर्दा आन्तरिक पर्यटन फस्टाउने बताएका हुन् ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको सम्झनामा १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन सुरु गरिएको हो । 

पर्यटनमन्त्री भट्टराईले राजधानी काठमाडौँ वरिपरिका क्षेत्रलाई हराभरा बनाएर पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने कार्य शुरु भइसकेको जानकारी समेत दिएका छन् । उनले कोभिड–१९ महामारीपछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई सुदृढ गरी पर्यटकीय उपज बढाउनेतर्फ सरोकारवालासँग समन्वयका साथ कार्यक्रम अघि बढाइने उल्लेख गरे ।

देशका तीन तहका सरकारको सामुहिक प्रयत्नबाट मुलुकको पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारी रुपमा अघि बढाइने पनि पर्यटन मन्त्रीको भनाई छ । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका उच्च अधिकारी, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिध एवम् सर्वसाधरणको उपस्थिति थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved