बहराइनका राजकुमारको टोलीद्वारा लोबुचे हिमालको सफल आरोहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2020 | 12:46:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बहराइनका राजकुमार सहितको टोलीले लोबुचे हिमालको सफल आरोहण गरेको छ । आरोहणको व्यवस्थापनको जिम्मामा रहेको सेभेन समिट ट्रेकका अनुसार टोलीले ६ हजार ११९ मिटर उचाईको लोबुचे हिमालको सफल आरोहण गरेको हो । 

शनिबार बिहान ८ः५० बजे टोली चुचुरोमा पुगेको हो । 

हिमाल आरोहण गर्न बहराइनका राजकुमार सहितको टोली भदौ ३१ गते काठमाडौं आईपुगेको थियो । टोलीमा १५ जना बहराइन र ३ जना बेलायतका नागरिक छन् । अब टोलीले मनास्लु हिमाल आरोहण गर्नेछ । मनास्लुको आरोहण गर्नु अघि तयारीका रुपमा लोबुचेको आरोहण गराईएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved