विश्वका १० घुम्नैपर्ने गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 05:17:53 PM मा प्रकाशित

laxmi  sunrise bank

घुमफिर सम्बन्धि जानकारी दिने विश्वविख्यात वेबसाइट ‘लोन्ली प्लानेट’ले विश्वका उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किटलाई समावेश गरेको छ । लोन्ली प्लानेटले कोरोना भाइरसको संक्रमण बढ्ने दर कायमै रहेपनि अब सुरक्षित तरिकाले भ्रमण गर्न विश्वका १० गन्तव्य सार्वजनिक गर्दा नेपालको अन्नपूर्ण सर्किटलाई पनि समावेश गरेको हो ।

अन्नपूर्ण पदयात्रालाई विश्वकै उत्कृष्ट पदयात्रा भन्दै लोन्ली प्लानेटले अन्नपूर्ण संरक्षण क्षेत्र, तिलिचो ताल, थोरङ्ला पास, माथिल्लो मुस्ताङ, कालीगण्डकी उपत्यकाको वर्णन गरेको छ । 

लोन्ली प्लानेटले विश्वकै घुम्न लायक गन्तव्यको पहिलो नम्बरमा जोर्डनको पेट्राको लस्ट सिटी, दोस्रोमा इक्वेडरको गालापागोस, तेस्रोमा अस्ट्रेलियाको उलुरु निकुञ्ज, चौथोमा बोत्सवानाको ओकाभाङ्गो डेल्टा, पाँचौँमा उत्तर अमेरिकाको एल्लोस्टोन नेशनल पार्क राखेको छ । छैठौँमा स्लोभानियाको ब्लेड ताल, सातौँमा अर्जेन्टिना र ब्राजिलको सीमामा रहेको इग्वाजु झरना, आठौँमा कम्बोडियाको अङ्कोर मन्दिर र नवौँ नम्बरमा बोलिभियाको सालर दी ताल रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved