पर्यटन बोर्डलाई प्रेसिडेन्ट अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 05:03:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले सन् २०२० को प्रेसिडेन्ट अवार्ड पाएको छ । यूरोपको स्पेनमा मुख्यालय रहेको अन्तराष्ट्रिय पर्यटन संस्था स्कल इन्टरनेशनलले बोर्डलाई सम्मान गरेको हो ।

स्कल इन्टरनेशनलको कर्पोरेट विधा अन्तरगत उक्त सम्मान यस वर्षकै गन्तव्यको रुपमा नेपाललाई घोषणा गरिएको हो । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी अहिलेको परिस्थितिमा नेपाल प्रवद्र्धन अभियानलाई उक्त सम्मानले अझ उर्जा थपेको बताउँछन् । उक्त सम्मान सार्वजनिक निजी साझेदारी अवधारण अन्तरगत स्थापित बोर्डको अभियानहरु र नीजि क्षेत्रको सकृयता र निरन्तर उत्प्रेरणबाट सम्भव भएको रेग्मीको भनाई छ ।

सन् १९८३ बाट वार्षिक रुपमा प्रदान गरिँदै आएको उक्त सम्मान पर्यटन क्षेत्रमा संस्थागत रुपमा अभियानमार्फत सकारात्कम उर्जा निर्माण गर्न सघाउने संस्थालाई प्रदान गरिने गरिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved