विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा सुरु भयो ‘नेपाल साइकल उत्सव’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2020 | 11:11:51 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन प्रवर्द्धन र स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले ‘नेपाल साइकल उत्सव २०२०’ सुरु भएको छ । कञ्चनपुरको दोधारा चाँदनीबाट सुरु भएको साइकल यात्राको नेतृत्व विश्व साइकल यात्री पुष्कर शाहले गरेका छन् । 

बुधबारबाट सुरु भएको यो यात्रा मसिंर ९ गते झापाको काकडभित्ता पुगेर सम्पन्न हुनेछ । १३ जना साइकल यात्री दोधरा चाँदनीबाट साइकल लिएर हिडेका छन् भने विभिन्न शहरमा थप साइकल यात्रीहरूको थपिने बताईएको छ । साइकल चलाउँदा कसरत हुने र यसले स्वस्थ बनाउने सन्देशसहित कोरोना भाइरसका कारण सिथल बनेको पर्यटन क्षेत्रलाई यति दिन यो यात्राले महत्वपूर्ण भूमीका निर्वाह गर्ने विश्वास लिईएको छ । 

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराले साइकल यात्राको टोलीलाई धनगढीमा स्वागत गरेका थिए । योयात्रा कैलालीको धनगढी, चिसापानी, ठाकुरद्वारा, नेपालगञ्ज, दाङ, बुटवल, नारायणघाट, जनकपुर, सिन्धुली हुँदै २० दिनपछि झापा पुगेर अन्त्य हुने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved