गृह जिल्ला पुगेर मन्त्री भट्टराईले गरे पर्यटन विषय अध्यापनको शुभारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 03:51:05 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन विषयको पढाई सुरु गरिने बताएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा पर्यटन तथा पर्वतारोहण विषय अध्यापनको शुभारम्भ गर्दै मन्त्री भट्टराईले हिमाल आरोहणमा चासो राख्ने देशका विभिन्न क्षेत्रमा पर्यटन विषयको पढाई सुरु गरिने बताएका हुन् ।

मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकोले यहाँको पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास गर्नका लागि पर्यटन शिक्षा आवश्यकता भएको समेत बताए । नेपालमा विश्वको १४ वटा अग्ला हिमालमध्ये आठ हजार माथिका ८ वटा नेपालमा रहेको बताउँदै हिमाल आरोहण गर्न वर्षेनी हजारौँ मानिस हिमाल चढ्न विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनको लागि पर्यटन विषयको अध्यापन सुरु गरिएको बताए । नेपाल नारायणी मावि पर्यटन तथा पर्वतारोहण विषय पठनपाठन गराउने पहिलो सामुदायिक विद्यालय भएको मन्त्री भट्टराईको भनाई छ । 

मंगलबार नै नारायणी माविमा कक्षा ११ र १२ मा अध्यापनको लागि शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र नारायण माविका प्रधानाध्यापक गणेशबहादुर प्रसाईबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा प्रतिष्ठानले कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन अध्यापन गराउन प्रशिक्षकहरु उपलब्ध गराउने, पर्यटन र पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामाग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक र शैक्षिक सहयोग गर्ने र विद्यालयले पर्यटन तथा पर्वतारोहण विषय कक्षा ११ र १२ मा अध्यायन गराउने, अध्यापन गराउन आउने शिक्षकको ब्यवस्थानपन गर्ने, पाठयक्रको लागि पुस्तकालय लगायतको प्रवन्ध गर्ने उल्लेख छ ।

मन्त्री भट्टराई पालिका स्तरीय कार्यक्रमको लागि गत २१ गतेदेखि गृह जिल्ला ताप्लेजुङमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved