पर्यटन बोर्डका निवर्तमान सीईओ जोशी ‘अन्तर्राष्ट्रिय टुरिजम हीरो’ अवार्डद्वारा सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 05:19:43 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीलाई ‘अन्तर्राष्ट्रिय टुरिजम हीरो’ अवार्ड प्रदान गरेको छ । पर्यटन क्षेत्रको दिगो विकास र पर्यटन क्षेत्रलाई उकास्न उलेख्य भूमीका निर्वाह गरेको भन्दै उनलाई वर्ल्ड टुरिजम नेटवर्कले टुरिजम हीरो अवार्ड प्रदान गरेको हो ।

कोभिड–१९ का कारण थिलथिलो बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा जोशीले देखाएको सक्रियताका लागि अवार्ड प्रदान गरिएको जनाईएको छ । उनी टुरिज्म रिकभरी टास्कफोर्स नेपालका संयोजकसमेत हुन् । दक्षिण एसियाबाट यो अवार्ड पाउने पहिलो व्यक्ति भएका जोशीले  ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य समेत पाएका छन् । यो सदस्यता प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् । 

यो अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्सका पर्यटनमन्त्री अलेन स्ट अंगे, जमैकाका पर्यटनमन्त्री एडमण्ड बार्टलेट, क्वीआई ग्रुपका निर्देशक विजय पूनूसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष काथबर्ट एनक्यूब, जिम्बाब्वेका पूर्व पर्यटनमन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा. तालेब रिफाई र केन्याका पर्यटन सचिव नाजिब बलला छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved