पर्यटकीय गतिविधि हुने यी क्षेत्र सञ्चालन गर्न पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 04:16:42 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । मन्त्रालयले केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गर्न अनुरोध गरेको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिएपनि जोखिमको विश्लेष गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिईएको उल्लेख छ । यसरी खुल्ने केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालाना भए नभएको भने मन्त्रालय मातहतका निकायले नै अनुगमन गर्ने छन् ।

उल्लेखित क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को कार्तिक २४ गतेको बैठकले नै गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved