आन्तरिक पर्यटकका लागि प्याकेज बनाउन मन्त्री भट्टराईको व्यवसायीलाई आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 04:49:37 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटन ब्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले कोभिडको कारण अझै केही समय बाह्य पर्यटन आवागमन कम हुने बताउँदै आन्तरिक पर्यटन प्रर्बद्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गरेका हुन् । 

ब्यसायीहरुले पर्यटक आवागन भिषा खोली पर्यटकीय गतिविधि सुचारु गर्न माग गरेका थिए । ब्यसायीहरुको धारणा सुनेपछि मन्त्री भट्टराईले अहिले आवागन भिषा खुला गरेपनि धेरै पर्यटक आउँछन भनेर उत्साहित हुने अवस्था नरहेको बताउँदै विदेशीहरुलाई जस्तै स्वदेशीहरुलाई पनि पर्यटक प्याकेज बेच्न आग्रह गरेका हुन् । 

मन्त्री भट्टराईले असोज ५ गतेदेखि नियमित उडान शुरु गरेपछि हालसम्म ४ हजार ८०४ उडान काठमाडौ बाहिर भएको ४ हजार ५५ काठमाडौ भित्रिएको जानकारी गराउदै सो उडानबाट एक लाख ७५ जना काठमाडौबाट बाहिरिएको र एक लाख ६९ हजार काठमाडौं भित्रिएको जानकारी पनि गराए । मन्त्री भट्टराईले विश्वमा ३२ प्रतिशत उडान हुदाँ पनि नेपाल भने भने ४० प्रतिशत उडान भईरहेको बताएका हुन् । 

अन्तराष्ट्रिय उडानमा दक्षिण एसियामा लचकता अपनाउने देश नेपाल भएको दाबी गर्दै भारतले पनि त्यसो गर्न नसको बताए । नेपालको एयरपोर्टमा प्रयोग भएको स्वास्थ्य प्रोटोकल विश्वकै उत्कृष्ट भएको भन्दै अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले २५ हजार डलरले नेपाललाई पुृरस्कृत गरेको जानकारी पनि मन्त्री भट्टराईले गराए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved