हुम्ला पुगेर मन्त्री भट्टराईले भने, ‘सिमिकोट एयरपोर्ट मानसरोवर जाने मुख्य द्वार’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2020 | 12:37:24 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलेले हुम्लाको सिमिकोट विमानस्थललाई पर्यटकिय हबको रुपमा विकास गर्ने बताएका छन् । हुम्लाको सिमिकोट विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले मानसरोवर जाने मुख्य ढोका हुम्ला भएकोले सिमिकोट विमानस्थललाई धार्मिक तथा साँस्कृतिक पर्यटकीय हबको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि वर्तमान सरकारले काम गर्ने बताएका हुन् । पूर्वको लुक्ला जति नै सिमिकोटमा पनि पर्यटकहरु आउन सक्ने बताउँदै उनले धार्मिक साँस्कृतिक पर्यटनलाई लक्षित गरी विमानस्थल विस्तार गरिने बताएका हुन् । 

‘यहाँको संस्कृति विशिष्ट प्रकृतिको छ, त्यसैले साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ त्यस‌ले पर्यटन विविधतालाई ध्यान दिँदै हुम्लाको गुरुयोजना बनाएर पूर्वाधारको विकास गर्नुपर्छ’ मन्त्री भट्टराईले भने ।

मन्त्री भट्टराईले सिमिकोट विमानस्थलमा निमार्ण भईरहेको एप्रोन, पार्किङ लगायतका काम चाडो सक्न निर्देशन समेत दिएका छन् । सांसद छक्कबहादुर लामाले सिमिकोट एयरपोर्टमा ४५ सिटे जहाज बस्न सक्ने गरी विमानस्थलको विस्तार गर्न मन्त्री भट्टराईसँग आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved