अङ्ग्रेजी नयाँ वर्षमा यस्ता छन् एक्सलट्रिप नेपालका अफरहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 04:09:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै पहिलो अनलाइन ट्राभल एग्रीगेटर (ओटीए) प्लाटफर्म एक्सलट्रिप नेपालले क्रिस्मस तथा नयाँ वर्ष २०२१ लाई लक्षीत गरी ३ वटा नयाँ अफर योजना ल्याएको छ । पहिलो अफर योजना अन्तर्गत एक्सलट्रिप नेपालको मोवाइल एप डाउनलोड गर्ने ग्राहकहरु मध्यबाट एक जना  विजेतालाई १५ हजार रुपैयाँ बरावरको पोखरा वा चितवनको दुइतर्फी हवाई टिकट सहित २ रात ३ दिनको ट्राभल प्याकेज पुरस्कार प्रदान गरिने कम्पनीका सिईओ ज्ञानेन्द्र खड्काले बताएका छन् । 

अर्को योजना क्रिस्मस तथा अङ्ग्रेजी नयाँ बर्ष अफर अन्तर्गत एक्सलट्रिप नेपालबाट होटल वा फ्लाइट बुक गर्दा हरेक बुकिंगमा भौचर कोड प्रयोग गरी २ सय ५० नगद छुट प्राप्त गर्न सकिनेछ । साथै सो अवधी भरी होटल वा फ्लाइट बुकिङ गर्ने ग्राहकमध्यबाट एक जना विजेताले सामसुङ एम जिरो फिप्टिन मोवाइल सेट पनि प्रप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

एक्सलट्रिपको वेबसाईट वा मोबाइल एप मार्फत शुन्य रुपैयाँ डाउन पेमेन्टमा नै काठमाडौ पोखरा एकतर्फी हवाई टिकट र एक रातको होटल बुक गर्ने ब्यवस्था छ। ती बुकिङ गर्ने ग्राहकहरुमध्येबाट हरेक हप्ता लक्की ड्र मार्फत एक जनालाई उक्त प्याकेज निशुल्क प्रदान गरिने बताइएको छ।

यो तिनै अफर योजना डिसेम्वर महिना भर लागू हुने बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved