फोटोग्राफरका तस्बिर बिक्रि गराउन ‘धन्सार डटकम’ को सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 06:10:23 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पु्याउने उद्देश्यले धन्सार डटकमको शुभारम्भ गरिएको छ । अमेरिकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र सङ्गीतलाई सार्वजनिक गर्नेछ । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गरेका हुन्। उनले धन्सार नेपालका भौगोलिक अवस्थिति, कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउने उपयुक्त माध्यम भएको बताउँदै कला संस्कृति र प्रकृतिमा नेपाल विश्वमै धनी रहेको उल्लेख गरे । उनले नेपाल चिनाउने तस्वीर तथा श्रव्यदृश्य सामग्री बोर्डलाई समेत उपलब्ध गराउन आग्रह गरेका थिए । 

धन्सारका प्रमुख कार्यकारी अधिकृत विनोद अधिकारीले ‘डिजिटल लाइब्रेरी’का रुपमा आफूहरुले उक्त मञ्च सार्वजनिक गरेको बताए । फोटाग्राफरले आफूले कैद गरेको तस्वीर तथा श्रव्यदृश्य केही निःशुल्क तथा शुल्क लिएर धन्सारमार्फत बिक्री गर्न सक्नेसमेत उनले बताए । 

धन्सारमार्फत आकर्षक तस्वीर तथा श्रव्यदृश्यको खोजी तथा खरिद गर्न सकिने छ । आफ्नो सिर्जना बिक्री गरेर फोटोग्राफरलाई आम्दानी गर्ने मञ्चका रुपमा पनि धन्सारले काम गर्नेछ । धन्सारमा विभिन्न विधाका तस्वीर तथा श्रव्यदृश्य राख्न सकिने छ । प्रतिदिन एक प्रयोगकर्ताले १० वटा तस्वीर राख्न सक्ने धन्सारले जनाएको छ । 

धन्सारमार्फत बिक्री भएका तस्वीर तथा श्रव्यदृश्य सामग्रीको शुल्क सम्बन्धित फोटोग्राफरले प्राप्त गर्नेछन् । धन्सारमा तस्वीर तथा श्रव्यदृश्य सामग्री उपलब्ध गराउने व्यक्तिले आफ्नो सिर्जनाको मूल्य आफैँ तोक्न पाउनेछन् । धन्सारमा उच्च गुणस्तरको दृश्य अपलोड गर्न सकिने छ । धन्सारमार्फत उपभोक्ताले गुणस्तरीय तस्वीर तथा श्रव्यदृश्य सामग्री प्राप्त गर्नेछन् । त्यस्तै केही ‘रोयल्टी फ्रि’ सामग्री पनि प्राप्त गर्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved