जिरी जाने पर्यटकलाई होटलमा ५० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 12:43:58 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको जिरी भ्रमणमा जाने पर्यटकलाई होटलको कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । बुधबारदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा गर्न चाहाने पर्यटकका लागी यस्तो घोषणा गरेका हुन् ।

पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिए ।

सगरमाथाको प्रवेशद्वारको रुपमा लिइने जिरी सडक विस्तार भएसँगै पुरानो व्यापार घटेर होटल व्यवसाय पनि सुस्ताउन थालेपछि व्यवसायी आफैँ सक्रिय भएका हुन् । जिरी नगरपालिकाले क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी अभियान नै सुरु गरेको छ ।

व्यवसायीले अहिले वैशाखसम्मका लागि छुट अफर दिने भएका छन् । माघ १५ देखि वैशाखको पहिलो सातासम्म कोठा भाडामा ५० प्रतिशत र खानाका परिकारमा समेत विशेष छुट गर्ने निर्णय भएको व्यवसायीले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved