आन्दोलनरत मजदुरलाई वार्तामा आउन रेष्टुरेण्ट एण्ड बार एसोसियसनको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 12:54:48 PM मा प्रकाशित

laxmi  sunrise bank

लिदैँ आईएको १० प्रतिशत सेवाशूल्क खारेजीको विरोधमा आन्दोलन गरिरहेका मजदुरलाई रेष्टुरेण्ट एण्ड बार एसोसिएसनले वार्तामा बोलाएको छ ।
सरकाररले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षाकोष र हालको श्रम ऐन अनुसार तलब भत्ता दिने प्रतिवद्धता जनाउँदा पनि मजदुरहरु आन्दोलनमा उत्रिनु अनावश्यक रहेको एसोसियसनले जनाएको छ । ग्राहकबाट उठ्ने टिप्स सबै मजदुरमा बाँड्ने तथा व्यवस्थापन पक्षबाट अन्य अतिरिक्त लाभ उपलब्ध गराउने भनिएपनि मजदुर संगठनले व्यवसायीहरुलाई नै धम्कीको वातावरण सिर्जना गरेको  रेबानले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

सर्वोच्च अदालतले कारण देखाउ आदेश दिइसकेको कारण उक्त आन्दोलनको कुनै औचित्य नरहेको रेबानले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ। ‘अब आन्दोलन गर्नुको कुनै औचित्य छैन । आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिइ यस उपभोक्तामुखी कार्यप्रति ऐक्यवद्ध हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ’ महासचिव अरनिको राजभण्डारीले भने ।

रेबानले गत सोमबार १० प्रतिशत सेवाशूल्क खारेज गरेको थियो ।

नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले सेवा शुल्क खारेजीको बिरोधमा मंगलबारदेखि देशका सबै रेष्टुरेण्ट बन्द गर्ने कार्यक्रम तय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved