शैलुङमा ‘शैलुङ महोत्सव’ आयोजना हुँदै, होम स्टे खोल्नेलाई गाउँपालिकाको अनुदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2019 | 12:24:16 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङमा महोत्सवको आयोजना गरिने भएको छ । शैलुङलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न रामेछाप र दोलखाका स्थानीय तहले शैलुङ महोत्सवको आयोजना गर्ने भएका हुन् । 

दोलखाको शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकाले संयुक्त रुपमा वैशाख १३ देखि १५ गतेसम्म शैलुङ महोत्सवको आयोजना गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको महोत्सव रामेछाप जिल्लामा पर्ने दोरम्बा गाउँपालिकाको खोलाखर्कमा आयोजना हुने शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिएका छन् । त्यस्तै आगमी वर्ष शैलुङ गाउँपालिकाको कालापानी र तेस्रो वर्ष मेलुङ गाउँपालिकाको फुर्केसल्लामा शैलुङ महोत्सव आयोजना हुनेछ । 

महोत्सव सम्पन्न गर्न तीनवटै स्थानीय तहका अध्यक्ष सम्मिलित मूल आयोजक समिति पनि गठन गरिएको छ । महोत्सवमा तीनओटै स्थानीय तहले रकम विनियोजन गर्नेछन् । शैलुङ क्षेत्रको पर्यटन विकासका लागि तीनओटै स्थानीय तह मिलेर ‘एकीकृत शैलुङ विकास गुरुयोजना’ बनाउने निर्णय पनि भएको छ । 

समुद्री सतहदेखी ३१४५ मिटर उच्चाइमा अवस्थित यो भु–भागमा सयवटा भन्दा धेरै एउटै आकृति र उचाइका थुम्काहरु छन् । सो क्षेत्रमा पुग्नका लागी दोलखाको कालापानीसम्म सडक यातायात पुगिसकेको छ । अहिले कालापानीदेखी शैलुङसम्म पर्यटन विभागले १.५ किलोमिटर लामो फूट ट्रेल पनि बनाउँदैछ । 

सो क्षेत्रलाई ग्रामिण पर्यटनको केन्द्रका रुपमा विकास गर्ने उदेश्यले शैलुङ गाउँपालिकाले कालापानी क्षेत्रमा होटल तथा होम स्टे सञ्चालन गर्नेलाई अनुदान दिने व्यवस्था पनि मिलाएको छ । 

यो पनि पढ्नुहोस्ः

सैलुङका १२ पर्यटकीय गन्तब्य : ढुंगा ढुंगामा रोचक इतिहास (फोटो कथा)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved