हानको अध्यक्षमा सिर्जना राणा सर्वसम्मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 01:47:12 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल एसोसियसन अफ नेपाल (हान)को अध्यक्षमा सिर्जना राणा सर्वसम्मत चयन भएकी छिन् । हानको साधारण सभाले अध्यक्षमा राणा र वरिष्ठ उपाध्यक्षमा विनायक शाहलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।

होटल संघको इतिहासमै पहिलोपटक महिला नेतृत्व आएको हो । अध्यक्षमा सर्वसम्मत चयन भएकी राणा काठमाडौंस्थित होटल अन्नपूर्णकी कार्यकारी निर्देशक हुन् । उनले पोखराको फिस्टेल लज र चितवनको जगतपुर लजसमेत संचालन गर्दै आएकी छिन् ।

यस अघि महासचिव रहेका विनायक शाह वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । हानको साधारण सभा भने आज साँझ ५ बजे होटल सोल्टीमा आयोजना हुँदैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved