भ्रमण वर्ष लक्षित होटल पञ्चबुद्ध संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2019 | 02:01:01 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा अर्को सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । राजधानीको पकनाजोलमा होटल पञ्चबुद्ध संचालनमा आएको हो । 

सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भ्रमण नजिकिँदै गएको अवस्थामा भ्रमण वर्षलाई सघाउन पुर्याउन यो होटल सञ्चालनमा आएको हो । २ करोड रुपैयाँ लगानीमा होटल संचालनमा ल्याइएको संचालक सागर बुद्ध मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार होटलमा तत्काललाई ब्रेकफास्ट, लञ्च तथा डिनरको सुविधा रहेको छ भने सुविधा सम्पन्न कोठा १८ कोठा समेत छन् ।

केही समयमै रेष्टुँरा समेत संचालनमा ल्याउने तयारी भईरहेको मानन्धरले जानकारी दिएका छन । होटल एशोसिएशन अफ नेपाल (हान) ले पनि भ्रमण बर्ष नजिकिँदै गर्दा सुविधासम्पन्न होटल सञ्चालनमा आउनु स्वागत योग्य भएको प्रतिक्रिया दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved