बजेटबारे होटल संघको धारणा, ‘होमस्टेलाई करको दायरामा ल्याउ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 04:09:21 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपालले सरकारले ल्याएको बजेट पर्यटन क्षेत्रको लागि अपेक्षित भन्दा कम र कमजोर भएको बताएको छ । नेपाल भ्रमण वर्ष २०२० सुरु हुने आगामी अािर्थक वर्षको बजेट भ्रमण वर्षलाई नै उपलब्धिमूलक बनाउने गरी नआएको होटल संघको भनाई छ ।

माइस पर्यटन, साहसीक, पर्वतीय, जलयात्रा, संस्कृतिसँग सम्बन्धित पर्यटन प्रोडक्टलाई एकीकृत रुपमा विकास गर्ने र काठमाडौँमा रात्रीकालिन सम्पदा यात्रालाई बजेटले जोड दिएकोमा हानले स्वागत गरेको छ । त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट रुपमा विकास गर्ने र अत्यधिक चाप घटाउन वैकल्पिक डोमेस्टिक एयरपोर्ट निर्माण गर्ने कामको पनि हानले स्वागत गरेको छ । 

होटलहरुले दिने व्यवसायिक तालिमहरुको खर्चको शोधभर्ना तथा कर छुटको व्यवस्था गर्न हानले सरकारलाई अनुरोध गरेको छ । अनलाइन बुकिङ सिष्टम तथा ऐन कानुनले निर्दिष्ट गरेभन्दा विपरीतका होमस्टे तथा मोनास्ट्रीस्टे व्यवसायलाई कानुन र करको दायरामा ल्याउनु पर्नेमा पनि होटल संघ नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved