होटल श्रमीकद्धारा आन्दोलनको घोषणा, सरकारलाई २१ दिने अल्टिमेटम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 03:38:04 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल, क्यासिनो तथा रेष्टुरेन्ट श्रमीकहरुले आन्दोलनको चेतावनी दिएका छन् । भ्रमण वर्षको पूर्व सन्ध्यामा उनीहरुले १० प्रतिशत सेवाशुल्क, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको माग गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । 

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदूर यूनियन (नेस्वहोमयू) ले २१ दिने अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष सूर्यबहादुर कुँवरले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना तत्काल लागु गराउन सरकार र व्यवस्थापकको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष कुँवरले होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रका श्रमीकका जायज माग आजको मितिले २१ दिनभित्र पूरा नभए सम्पूर्ण होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्र ठप्प पार्ने चेतावनी दिए ।

उनले भने, ‘नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा पर्यटन क्षेत्र विशेषतः होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रमा कुनैपनि किसिमको अबरोध भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।’ कतिपय होटल तथा रेष्टुरेन्टहरुमा न्यूनत्तम ७ हजार÷८ हजारमा काम गर्न श्रमिकहरु बाध्य बनिरहेको भन्दै संगठनले ती र त्यस्ता होटल, रेष्टुरेन्टमा कमसेकम न्यूनत्तम पारिश्रमिक लागू गराउन पनि माग गरेको छ । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गर्दै २० लाख विदेशी पर्यटक ल्याउने भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved