नेपाल बैंकको अगुवाईमा लगानी भएको फुलबारी रिसोर्ट पुन: सन्चालनमा आउने

विजय पराजुली

विजय पराजुली

Oct 18, 2019 | 06:04:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले खराब कर्जा असुलीमा आक्रामक लिएसंगै ५ बर्षदेखि बन्द रहेको पोखराको फुलबारी रिसोर्ट संचालनमा आउने भएको छ। २५ बर्षअघि लगानी गरेको ठुलो कर्जा असुल गर्ने रणनीति अन्तर्गत फुलबारी रिसोर्ट पुनरसंरचना भई ६ महिना पछि संचालनमा आउने भएको हो।

६ महिनाभित्र होटललाई पुनर्निर्माण गरि पुन: संचालनमा ल्याउने सहमति भएको नेपाल बैंकका प्रवक्ता विश्वराज बरालले बिजपाटीलाई बताएका छन। 

सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारि र होटल संचालक पियुस बहादुर अमात्यले हस्ताक्षर गरेका छन। 

सम्झौताअनुसार होटल व्यवस्थापनले नेपाल बैंकलाई २५ बर्षअघि लगानी भएको १ अर्ब ३१ करोड रुपैयाँ त्रैमासिक रुपमा दशबर्ष भित्र तिर्नुपर्नेछ। त्यस्तै बैंकलाई बुझाउनुपर्ने २ अर्ब १६ करोड ब्याज होटल संचालनमा आएको दस बर्षपछि त्रैमासिक रुपमा बैंकलाई बुझाउनुपर्नेछ।

फुलबारी रिसोर्टमा नेपाल बैंकको अगुवाईमा लगानी भएको २५ बर्षअघि ३ संस्थाले १ अर्ब ३१ करोड लगानी गरेका थिए। जसमध्ये नेपाल बैंकको लगानी ६१ प्रतिशत तथा राष्ट्रिय बाणिज्य बैंकको ३४ र कर्मचारी संचय कोषको ५ प्रतिशत छ। 

नेपाल बैंकको अगुवाईमा फुलबारी रिसोर्ट संचालनमा आएपछि यसले भ्रमण बर्ष २०२० लाई समेत ठुलो राहत मिल्ने देखिएको छ। २० लाख पर्यटक नेपाल आउने अपेक्षा गरिएकोमा ठुलो हिस्साले पोखरा भ्रमण गर्ने भएकाले फुलबारी रिसोर्ट संचालनले होटलको माग पुरा गर्ने अपेक्षा गरिएको छ। 

त्यस्तै पोखराको अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसंगै पर्यटनको संख्या बढ्ने र पर्यटकको होटल व्यवस्थापनको लागि पनि फुलबारी रिसोर्टले धेरै राहत मिल्ने देखिएको छ।  व्यवस्थापनको जिम्मा मेरियट समुहले लिई होटेल सन्चालन गर्नेछ।

पछिल्लो समय नेपाल बैंकले पुराना र ठुला खराब कर्जा असुलीमा आक्रामक देखिएको छ। त्यहि क्रमलाई निरन्तरता दिंदै बैंकले आफ्नो लगानी उठाउन र नजिकिदै गरेको पर्यटन बर्षलाई समेत सघाउ पुग्ने गरि फुलबारी रिसोर्ट संचालनमा ल्याउन लागेको हो। बैकंले मोटो रकम कर्जा लगानी गरेका व्यवसायबाट खराब कर्जा असुलीलाई प्राथमिकतामा राखेको बैंकका प्रवक्ता बरालले बताए। 

नेपाल बैंकले स्वर्गीय दिवाकर गोल्छाको नेतृत्त्वमा रहेको भृकुटी कागज कारखानामा गरेको लगानी असुलीलाई समेत प्राथमिकतामा राखेको छ। गोल्छा समुहको अलवा काभरा र कन्क्राफ्ट समुहको समेत लगानी रहेको भृकुटी कागज कारखानामा नेपाल बैंकको नेतृत्त्वमा २०५१/०५२ सालमा नेपाल बैंकको नेतृत्त्वमा हिमालयन र साबिकको नेपाल एनआईडिसी डेभलपमेन्ट बैंक अर्थात हालको राष्ट्रिय बाणिज्य बैंकले समेत लगानी गरेका छन। उक्त कर्जा लगानीको साँवा मात्र हाल १ अर्ब ३१ करोड पुगिसकेको छ। जसमध्ये नेपाल बैंकको मात्र ७९ करोड रहेको छ । 

चिन सरकारको सहयोगमा २०३७ सालमा स्थापना भएको भृकुटी कागज कारखाना २०४९ सालमा सरकारले् उक्त उद्योगलाई निजिकरण् गरेको थियो। कारखाना २०६७ साल यता बन्द रहेको छ । नेपाल बैंकले आफ्नो कर्जा उठाउनको लागि सम्बन्धित ऋणी सँग छलफल गरिरहेको जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved