८ भारतीय पर्यटकको मृत्युपछि दामनको पानारोमा रिसोर्ट निलम्बनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 05:32:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आठ जना भारतीय पर्यटकको मृत्यु भएको मकवानपुर थाहा नगरपालिका–४ सिम भन्ज्याङस्थित एभरेष्ट पानारोमा रिसोर्ट निलम्बनमा परेको छ । नेपाल सरकार सचिवस्तरीय निर्णयले माघ २६ गतेबाट लागू हुनेगरी ३ महिनासम्मका लागि रिसोर्टलाई निलम्बन गरिएको हो ।

माघ ६ गते रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको निसास्सिएर मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान पश्चात पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको हो । निलम्बन पत्रमा २०७० चैतबाट फच्र्युना इन्टरनेशनल कम्पनीले चलाईरहेको सो रिसोर्टले पर्यटन ऐन अनुसार पर्यटन विभागबाट स्तर वर्गीकरण नगराएको, सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी पाइएको लेखिएको छ । 

पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा गठित छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सो रिसोर्टलाई निलम्बन गरिएको हो ।

निलम्बन पत्रः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved