थाइल्याण्डको ‘दुसित’ ब्राण्डले धुलिखेलमा होटल खोल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 05:03:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited को अगुवाईमा धुलिखेलमा पाँचतारे होटल तथा रिसोर्ट स्थापना हुने भएको छ । दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा स्थापनाको लगानीका लागि सहवित्तीयकरण अन्तर्गत सानिमाको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक समेतको सहभागीतामा बुधबार ऋण सम्झौता भएको हो । 

उक्त परियोजनाको अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँ रहेको छ । परियोजनाको ओमस्टोन एशिया क्यापिटल नेपाल (ओएसीएनपिएल)ले रिसोर्ट व्यवस्थापन र संचालनको लागि दुसित इन्टरनेशनलसँग सहकार्य गर्नेछ । दुसित इन्टरनेशनल थाइल्याण्डको हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित ब्रान्ड हो ।

विगत ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको दुसितको हाल १८ वटा देशहरुमा २९ वटा होटल तथा रिसोर्ट संचालनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved