६ करोड एकल लगानीमा रुपन्देहीमा खुल्यो बोधी भिल्ला ब्याङ्क्वेट

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Mar 11, 2020 | 06:09:34 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको तिलोत्तमा–९ मंगलापुरमा ६ करोड रुपैयाँको लागतमा निर्मित बोधीभिल्ला ब्याङ्ब्वेट सञ्चालनमा आएको छ । तिन बिघा क्षेत्रफलमा स्थानीय उद्योगी चन्द्रमान श्रेष्ठको परिवारको एकल लगानीमा रुपन्देहीकै ठूलो ब्याङ्क्वेट सञ्चालनमा आएको हो । 

उक्त ब्याङ्क्वेटको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले उद्घाटन  गरे । श्रेष्ठले रुपन्देही पर्यटन व्यवसायको संभावना बोकेको ठाउँ भएकाले पर्यटकलाई लक्षित गरेर स्तरीय पुर्वाधार बनाउन सुझाव दिए ।

फरक शैलीको मल्टि फङ्सनल ब्याङक्वेटमा एकै पटकमा ५ हजार जनासम्मलाई सेवा दिन सकिने बोधि भिल्ला प्रा.लि. का प्रबन्ध निर्देशक अनुप श्रेष्ठले जानकारी दिए । ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन थालेको र बुटवल तथा भैरहवा दुबै शहरका सेवाग्राहीका लागि मध्य भागमा सेवा दिने उद्देश्यले जिल्लाकै ब्याङ्क्वेट र रक गार्डेन रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हौं’ श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार भविष्यमा सेवा विस्तार गरी ४० बेडको लज र स्वीमिङ पूलसमेतको व्यवस्था गरिनेछ । ब्याङ्क्वेट परिसमा माछापालन गरिएको पोखरी माथि पुल बनाएर मनमोहक दृश्य हेर्न सकिने व्यवस्था पनि गरिएको छ । 

ब्याङ्क्वेटले ब्याडमिन्टन र बास्केटबल कोर्ट तथा खेल मैदान निःशुल्क रुपमा उपलब्ध गराएको छ । कम्पनीमा हाल ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रालिको रेन्टुरेन्टमा दुबईमा सम्पन्न वल्र्ड सेफ च्याम्पियनसीप २०१६ का विजेता यादव पराजुली मुख्य सेफका रुपमा कार्यरत छन् । उनी समुन्द्री खानाका परिकारका लागि प्रख्यात सेफ हुन् ।

६ महिनासम्म परीक्षण सेवापछि प्रालिले होली पुर्णिमाको अवसर पारेर मंगलबारदेखि व्यवसायिक रुपमा सेवा सञ्चालनमा ल्याएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved