‘काठमाडौँमा अब छुट्टै क्यासिनो जोन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 09:58:01 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानी काठमाडौँका तारे होटलैपिच्छे रहेका ‘क्यासिनो’ अब हटाईने भएको छ । काठमाडौँमा होटल सांग्रिला, होटल याक एण्ड यतीलगायतमा क्यासिनो सञ्चालित छन् । तर अब सरकारले होटलैपिच्छे रहेका क्यासिनो विस्थापित गर्दै निश्चित ठाउँलाई ‘क्यासिनो जोन’ बनाउने अवधारणा प्रस्तुत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार मन्त्रालयमा आयोजित छलफलमा निश्चित क्षेत्रलाई क्यासिनो जोन बनाउनेबारे छलफल भईरहेको भन्दै सरोकारवालाको राय माग गरेका थिए । सरोकारवालाले एक निश्चित क्षेत्रलाई क्यासिनो जोन घोषणा गरेर चलाउन दिँदा सुरक्षा र समयका हिसाबले राम्रो हुने सुझाव दिएका छन् । 

सम्भवतः आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटले बजेटमा क्यासिनो जोनबारे बोल्ने र त्योभन्दा अगाडी नै मन्त्रिपरिषद् बैठकले काठमाडौँ भित्रको कुनै खाली ठाउँलाई क्यासिनो जाने घोषणा गर्ने बुझिएको छ । क्यासिनो जोन घोषणा भएपछि निजी क्षेत्रले घोषित क्षेत्रमा क्यासिनोसहितको होटल सञ्चालन गर्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved