नेपालका होटेललाई क्वारेन्टाइन बनाउन सरकारको प्रस्ताव, व्यवसायी सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 12:55:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आवश्यक परे देशभरका होटललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्नेगरि तयारी अगाडी बढाएको छ। यसका लागि सरकारले औपचारिक रुपमा नै होटेल संघ नेपाल हान लाई प्रस्तावसमेत गरिसकेको छ। 

तत्कालै प्रयोगमा ल्याउने भन्दा पनि आवश्यक पर्दा प्रयोगमा ल्याउन सकिन्छ सकिदैन भन्नेबारे अनौपचारिक छलफल गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।  

कोरोना फैलिएर तेस्रो चरण अर्थात् भयावहको अवस्थामा होटेल प्रयोग गर्ने गरी छलफल अघि बढेको उनले बताए। सरकारले अहिले पहिलो चरणअन्तर्गत तयारीको काम गरिरहेको छ । दोस्रो चरण संक्रमण फैलिएपछि गरिने काम हो । 

यसैबीच होटेल संघ नेपालको क्षेत्रीय संघ भैरहवाले होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने निर्णय नै गरिसकेको छ । सिद्धार्थ होटेल संघ सान ले संस्थागत निर्णय गरेर जस्तोसुकै सहयोग गर्न तयार भएको जनाएको हो । 

हानकाअनुसार पर्यटकस्तरका होटेलमा दैनिक ६५ सय मानिसलाई क्वारेन्टाइनमा राख्न सकिन्छ । प्रथम उपाध्यक्ष शाहकाअनुसार  नेपालका होटलहरुसँग दैनिक ६ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ, सोही कोठाहरू प्रयोगमा ल्याउन सकिन्छ। 

अहिले पाँच तारे होटेल मात्रै १२ वटा पुगिसकेका छन् । अहिले होटेलको अकुपेन्सी भनेको १० प्रतिशत हो, त्यो पनि घट्दो क्रममा रहेको छ। कोरोनाका कारण होटेल व्यवसायीहरूले दैनिक २ अर्ब रुपैयाँ घाटा व्यहोर्नुपरेको व्यवसायीहरूले जनाएका छन् । होटेलको अकुपेन्सी ४० प्रतिशतभन्दा कम भएमा घाटा हुने व्यवसायीहरुको भनाई छ। 

होटेल संघले देशभरका आफ्ना सदस्यहरूलाई धारणा तयार गर्न बुधबार भेला आयोजना गरेको छ । कोरोनाको होटेलमा परेको असर र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने शाहले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved